माधव नेपाल एमालेमा फर्कन नचाहेको एमालेको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेर बहादुर देउवालाई कुनै पनि हालतमा विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ । आज बसेको स्थायी कमिटि बैठकमा उक्त निर्णय भएको पार्टी प्रवक्ता प्रदीप कुमार ज्ञावलीले बताउनुभयो ।

बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतारहतार विश्वासको मत लिन खोजिएको ठहर गरेको छ । यस्तै बैठकले पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर गर्दै प्रतिपक्षमै बस्ने निर्णय गरेको छ । ‘हामी प्रतिपक्षमा बस्छौं। प्रधानमन्त्री देउवालाई विश्वासको मत दिँदैनौं,’ नेता ज्ञवालीले भन्नुभयो ,

उक्त भेटमा नेता माधव कुमार नेपालले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताएको ज्ञवालीले दाबी गर्नुभयो । तर भंग भएको कार्यदलका सदस्यहरूले भने संस्थागत निर्णय गरेर जानुपर्ने बताएका थिए।‘पार्टी एकतालाई निरन्तर प्रयास भएको छ। माधवकुमार नेपालले आफूले एक्लै भए पनि देउवाको प्रस्तावका पक्षमा मत हाल्ने कुरा गर्नुभयो,’ उहाँले भन्नुभयो ।

उहाँले नेता नेपाल एमालेमा फर्कन नचाहेको निष्कर्ष निकालिएको समेत जानकारी दिनुभयो । पार्टी फुटाउने मनसायले देउवाले आजै विश्वासको मत लिन खोजेको भन्दै उहाँले अरु दलहरुलाई पनि सकेसम्म उहाँको पक्षमा मत नहाल्न आग्रह गरिने बताउनुभयो । देउवाको पक्षमा भोट हाल्ने एमाले नेताहरु अब कसैगरी पनि एमाले बन्न नसक्ने उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *