एमाले बैठकमा माधव नेपाल माथिको कारबाहीबारे निर्णय भएन

नेकपा (एमाले)ले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको दोस्रो दिनको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदलाई कारबाहीबारे कुनै निर्णय नगरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

सोमबार बसेको बैठकले नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षहरुले रिपोर्ट प्रस्तुत गरेका थिए ।

बैठकमा विभिन्न प्रदेश कमिटीका अध्यक्षहरुले आफ्नो प्रदेशमा संगठनात्मक अवस्था, राजनीतिक शक्तिसन्तुलनको अवस्था, भोलि पार्टीबाट केही मान्छे बाहिरिँदा एमालेको अवस्था कस्तो हुनसक्छ भन्नेबारे सुझावसहितको रिपोर्ट प्रस्तुत गर्नु भएको ज्ञवालीले बताए ।

बैठक बुधबार ३ बजे पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता प्रदीप ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *