मध्य भोटेकोशीको आईपीओमा आवेदन दिनुभयो ह ?

स्थानीय सिन्धुपाल्चोकबासीको लागि मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ पुनः खुल्ला भएको छ । निष्काशन सुरु भएको पहिलो दिन स्थानीयका तर्फबाट २८१ वटा आवेदन परेको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

निष्काशन सुरु भएको पहिलो दिन ७० हजार २६० कित्ता शेयर माग भएको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ ।

गत वैशाख २१ गतेदेखि खुल्ला भएको उक्त आईपीओ कोरोना महामारीका कारण निषेधाज्ञा सुरु भए पछि स्थगित भएको आईपीओ पुनः सर्वसाधारणका लागि खुल्ला गरेको हो । सिन्धुपाल्चोक जिल्लाबासीले न्यूनतम ५० कित्ता देखि अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो । सिन्धुपालचोकका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि १८ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

मध्य भोटेकोशी जलविद्युत आयोजनाको ६० लाख कित्ता बराबरको प्राथमिक सेयर (आईपीओ) पुनः मंगलबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ ।
आवेदन छिटोमा श्रावण १७ गते सम्ममा र ढिलोमा श्रावण ३२ गतेसम्म निष्कासन बन्द हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *