आज कोरोनाविरुद्धको खोप लिन नेपाल एयरलाइन्स चीन जाने

काठमाडौं । नेपालले खरिद गरेको कोरोनाविरुद्धको भेरोसेल खोप लिन नेपाल एयरलाइन्स चीनको राजधानी बेइजिङ जाने भएको छ।

नेपालले खरिद गरेको ४० लाख डोज खोपमध्येको दोश्रो खेपमा ८ लाख डोज खोप ल्याउने निगम प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनु भयो । सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि नन डिस्क्लोजर एग्रिमेन्ट गरेको थियो ।

यसअघि पहिलोपटक असार २५ गते ८ लाख डोज खोप ल्याइसकेको छ ।  विमानले प्रति उडान ८ लाख डोज खोप ल्याउने छ । विमान आज गएर भोलि फर्कने तालिका रहेको छ ।

लगातार तीन दिन नेपाल एयरलाइन्स चीन जाने क्रममा आज पहिलो दिन चीन जाने तालिका रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।

खोप नेपाल आइसकेपछि ६० वर्ष मुनि उमेर समूहका मानिसलाई प्रथामिकताका आधारमा लगाउने सरकारको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *