आज मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ।

इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व बलिदानीको पर्वका रुपमा मनाउने गरिन्छ ।

सोमबार मन्त्रिपरिषद्को बसेको बैठकले साउन ६ गते मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इद (इदुल जोहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

यस दिन मुस्लिम धर्मावलम्बी बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन्। नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान प्रदान गरिन्छ ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लग्ने गर्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *