कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । 

भदौ ९ गतेसम्म सञ्चालन हुने परीक्षामा विद्यार्थीहरूले होम सेन्टर (आफ्नै विद्यालय) बाट परीक्षा दिन पाउने छन् । परीक्षा ३१ गते बिहान ११ बजेबाट २ बजेसम्म हुनेछ ।

देशभरका ३ लाख ७७ हजार विद्यार्थीहरू सहभागी हुने  परीक्षामा भौतिक दूरी कायम राख्दै स्वास्थ्य सुरक्षाको उपाय अपनाउँदै परीक्षा लिने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ । 

12 exam schedule

Leave a Reply

Your email address will not be published. Required fields are marked *