काँग्रेस नेता अमरेश कुमार सिंहले देउवालाई बुझाए राजीनामा पत्र

काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सांसद पदबाट राजीनामा पत्र बुझाएका छन् ।

‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको कारण मैले राजीनामा दिन लागेको हुँ’, ‘पार्टी क्रियाशिल सदस्यातामा धाँधली भएको, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताए ।

क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा बुझाएका हुन् । सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् । 

लामो समयदेखि कांग्रेसमा सक्रिय नेता कार्यकर्ता अल्पमतमा पर्ने गरी क्रियाशील वितरण गरिएको भन्दै सर्लाहीका नेता कार्यकर्ता केही दिनदेखि पार्टी कार्यालय, सानेपामा धर्नामा छन् ।

क्रियाशील सदस्यता विवादलाई लिएर सानेपामा बाराका नेता कार्यकर्ता १० दिनदेखि धर्नामा छन् भने धनुषाका तीन नेता चार दिनदेखि आमरण अनसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *