चीनमा भीषण वर्षासँगै बाढी, १२ को मृत्यु, १० हजार बढी विस्थापित

चीनमा बिगत ३ दिनदेखिको भारी वर्षासँगै आएको बाढीका कारण मध्य क्षेत्रको जनजीवन प्रभावित भएको छ । बाढीका कारण जङ्गजाउ शहरमा कम्तीमा १२ जनाको मृत्यु भएको र करीब १० हजार बिस्थापित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बाढीका कारण रेलवे स्टेशन र सडकमार्गहरु बन्द भएका छन् भने स्थानीय बासिन्दाहरु घर छोडेर सुरक्षित स्थानमा सारिएको छन् । बाढी प्रभावितहरुको उद्धारका लागि सयौ उद्धारकर्मीहरु परिचालन गरिएको छ 

बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ । सडक यातायात तथा हवाई सेवा बन्द भएका छन् । दर्जनौ मानिसहरु हराइरहेका छन् भने बाढीले सयौं सवारी साधान पुरिएका छन् ।

करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तले उच्च तहको मौसमी चेतावनी जारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *