बुधबार सुनको मुल्यमा भारी गिरावट

काठमाडौ। बुधबार सुनको नेपाली बजारमा ७ सयले घटेको छ । मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज ७ सयले घटेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सनुचाँदी व्यवसायी महासंघको अनुसार मंगलबार प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको आज तेजाबी सुनको मुल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

यसैगरी, मंगलबार प्रतितोला १२  सय ८० रुपैयाँमा कारोबार भएको आज चाँदीको मुल्य पनि २० रुपैयाँले घटेको छ । बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *