लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमितको संख्या बढ्न थाल्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६१६ जनाले परीक्षण गराएकामा २ हजार ८३८ जना संक्रमित भेटिएका छन् । मंगलबार १३ हजार १३५ र बुधबार १२ हजार ६१६ जनाले परीक्षण गराएकामा ३ हजार १२३ र सोमबार २ हजार ४४५ जना संक्रमित भेटिएका छन् ।

पछिल्लो केहि दिनमा परीक्षण गराउन आउनेको संख्या बढेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ८ हजार ७१५ नमुना परीक्षण गर्दा १ हजार ९१८ र एन्टिजेन विधिबाट ३ हजार ९०१ परीक्षण गर्दा ९२० जनामा संक्रमण पुष्टि भएको छ । प्रतिशतको हिसाबमा संक्रमण दर २२ प्रतिशतभन्दा बढी छ । पछिल्लो २४ घण्टामा १ हजार ४७५ जना डिस्चार्ज भएका छन् भने ३० जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २६ हजार ८३२ छन् । जसमध्ये २४ हजार ३४० होम आइसोलेसनमा र २ हजार ४९२ जना संस्थागत आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *