साउन १४ गतेबाट मैलुङ खोला जलविद्युत कम्पनीले आईपीओ निष्काशन गर्ने

काठमाडौं। मैलुङ खोला जलविद्युत कम्पनीले साउन १४ गतेबाट १८ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले हिजो असार २३ गते मैलुङ खोला जलविद्युत् कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको थियो ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने जनाउँदछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

मैलुङ खोला जलविद्युतले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन  गर्न लागेको हो।

निष्काशन गरिने शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ। सर्वसाधारणले बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको सेयरमा कम्तिमा १० कित्ताका लागि आवेदन दनु पर्ने छ। अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिन्छ।

कम्पनीले रसुवामा ५ मेगावाट क्षमताको जलविद्युत परियोजना निर्माण गरिरहेको छ। कम्पनीको कुल लगात ९० करोड २९ लाख रुपैयाँ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *