एसएसपी सौरभ राणा डीआईजीपीमा बढुवाका लागि सिफारिस

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआइजी) पदमा बढुवा सिफारिस भएका छन्। आज बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार राणालाई डीआइजीमा बढुवाका लागि सिफारिस गरेको हो।

राणा प्रहरी महानिरीक्षक शैलेश थापाका ब्याजी हुन्। राणा एक वर्ष अघि धरानकी एक महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेर सुनसरी जिल्ला अदालतले उनलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

राणा हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *