एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप खरीद गर्न २० अर्ब रुपैयाँ ऋण दिने

एसियाली विकास बैंक (एडीबी)ले नेपाललाई कोरोना खोप खरीद गर्न २० अर्ब रुपैयाँ (१६ करोड ५० लाख डलर) ऋण दिने भएको छ । एडीबीले बिहीबार एक विज्ञप्ती जारी गर्दै यो ऋणले नेपालको कोरोना खोप अभियान संचालन र आपूर्तिमा सहयोग पुग्ने बताएको छ ।

यसबाट करीब १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ । एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफ्नो नागरिकको सुरक्षा गर्न र संक्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

यसअघि सन् २०२० डिसेम्बरमा एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । सोही अन्तर्गत नेपालले यो सहयोग पाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *