गण्डकी प्रदेशमा मन्त्रीको मिल्यो भागवण्डाना

नेपाली कांग्रेससँग बिहीबार मन्त्रालय भागवण्डामा सहमति भएपछि माओवादी केन्द्रले आफ्नो तर्फबाट अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगर  जाने गरी सहमति जुटेको छ । माओवादीबाट यसअघि मधुमाया अधिकारी स्वास्थ्य तथा जनसंख्या मन्त्री भइसकेकी छन् ।

। कांग्रेसले मुख्यमन्त्रीसहित ५, माओवादीले ४, जनता समाजवादी १ र स्वतन्त्र सांसद दीपक मनाङे छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा नजाने भएको छ ।

सबै मन्त्रीको टुंगो लगाएर शुक्रबार १ बजे मन्त्रीहरुको शपथ ग्रहण गर्ने तयारी छ । ६० सदस्यीय प्रदेश सभामा संविधानअनुसार गण्डकीमा १२ मन्त्रालय बनाउन सकिन्छ । तर, अहिले ११ मन्त्रालय बनाउने मन्त्री खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *