चीनबाट आयो ८ लाख डोज खोप, तेश्रो खेप लिन आजै बेइजिङ उड्दै

नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट ८ लाख डोज खोप काठमाडौं ल्याएको हो ।

यसअघि २५ असारमा चीनबाट पहिलो खेप खोप नेपाल आएको थियो । बुधबार राति ११ बजे नेपालबाट उडेको जहाज बिहीबार दिउँसो २:०७ बजे दोश्रो खेप ल्याएर त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

चीनबाट तेश्रो खेप खोप लिन आजै जहाज बेइजिङ उड्दैछ । यो जहाज राती ११ बजे बेइजिङ जाने छ ।

यो जहाज शुक्रबार दिउँसो काठमाडौं आउने छ । सरकारले चीनसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि नन डिस्क्लोजर एग्रिमेन्ट गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *