प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दुत’ नियुक्त

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले चर्चित लोकगायक प्रकाश सपुत र लोकगायिका सुनिता दुलाललाई एक वर्षका लागि ‘विपद् जोखिम न्यूनीकरण सद्भावना दूत’ नियुक्त गरेको छ ।

प्राधिकरणलाई धन्यवाद दिँदै उनले विपद्मा परेकालाई प्रत्यक्ष सहयोग गर्न र विपद् जोखिम न्यूनीकरणमा आफूहरुको तर्फबाट रचनात्मक भुमिका सधैँ रहने बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्, ‘प्राकृतिक विपत्ति जस्तो संवेदनशिल क्षेत्रको कार्यसम्पादनका लागि नेपाल सरकारको एउटा आधिकारिक निकायले औपचारिक रुपमा कलाकारहरुसँग सहकार्य गरेकोमा म प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेल सरसहित सम्बन्धित सबैमा आभारी छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *