अब ब्लुबुक नवीकरण अनलाइनबाट

बागमती प्रदेश सरकारले आज साउन ८ गतेबाट अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । यसअन्तर्गत सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।

यो सेवाको उद्घाटन आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका छन् । यो सेवा भौतिक पूर्वाधार विकास मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने बताइएको छ ।अनलाइन नविकरण तथा भुत्तानी सोवको लागी बागमती प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) तयार गरेको छ । यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।

अब बागमति प्रदेश भित्रका यातायात सेवा सुविधा अनलाइन मार्फत नै उपलब्ध हुने छन् ।

खासगरी सेवाग्राही आफैंले यो अनलाइन सेवामा ब्लुबुक तथा लाइसेन्स नवीकरण, जरिवाना तथा बाँकी राजस्वको विवरण समेत आफैले हेर्न मिल्ने गरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी सहित भुत्तानी समेत गर्न सकिने भएको छ ।

हाल नागरिक एपमा सवारी कर नामक नयाँ फिचर सार्वजनि भइसकेको छ । जसमा आफ्नो सवारीबारेमा सबै जानकारी पाउँन सकिन्छ ।  यो अनलाइन सेवा बागमती प्रदेश अन्तर्गतका ६ ओटा यातायात कार्यालयमार्फत उपलब्ध हुने छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *