आजको राशिफल हेर्नु भयो ह ? बृष राशि हुनेला प्रेममा सफलता मिल्ने

आजको राशिफल

मेष – समय शुभ र भाग्यवर्द्धक छ । आरोग्यता बढ्ला । शुभ कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछन् । मान महत्व बढ्नेछ । धनसम्पत्ति बढ्नेछ । सुख बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । आफन्त सुख बढ्नेछ । घरपरिवारको स्थिति अनुकूलै रहला । सुख–सुविधाको वस्तु बढ्नेछन् । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह थपिनेछ ।

बृष – प्रेममा सफलता प्राप्त हुनेछ । आरोग्यता बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ । खेलकुद र भ्रमणमा रुचि बढ्नेछ । जोखिममा नपर्नु उचित होला । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ, तर योजना बनाएर काम गर्नुपर्ला । स्वास्थ्यमा ध्यान दिनुपर्नेछ ।

मिथुन – रसरागमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुका साथै इष्टमित्रको साथ प्राप्त हुनेछ । व्यस्तता बढ्नेछ । मान महत्व धन-सम्पत्ति सुख-समृद्धिमा वृद्धि हुनेछ । विजयश्री मिल्नुको साथै वर्चस्व पनि बढ्ला । आफन्तको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्व पूरा गर्नुसँगै नयाँ दायित्वको पनि प्राप्ति होला । रोकिएको कार्य बनेर मन प्रशन्न भइहाल्नेछ । जोखिममा नपर्नु उचित होला ।

कर्कट – ग्रहगोचर शुभ फलदायक छ । अन्नधनमा कमी आउने छैन । उन्नति पदोन्नति हुनेछ । कार्यमा सफलता मिल्नुसँगै विकासको काम पनि बन्नेछ । बौद्धिक र रचनात्मक काममा रुचि बढ्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ ।

सिंह – शुभ र सफलताकारक छ । मिठो भोजन प्राप्त हुनेछ । यश वर्चश्व बढ्नेछ । विकासको नयाँ सम्भावना देखापर्ने छ । आशा उत्साह थपिनेछ । परिवारिक सुखशान्ति वृद्धि हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । कानुनको साथ प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा यस मिल्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । इष्टमित्रको साथ प्राप्त हुनेछ । भागदौड व्यस्तता चलिरहनेछ ।

कन्या – समय शुभ र भाग्यवर्द्धक छ । परिश्रम बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नयाँ–नयाँ कार्यमा पनि प्रगतिको बाटो बलियो बन्नेछ । जीवनसाथीको सुख सहयोग पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मिठो भोजन मिल्नेछ । मान प्रशंसा होला । ख्याति फैलिनेछ । सुखशान्ति बढ्ला । यात्रामा ध्यान राख्नुपर्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम बन्नेछ ।

तुला – ऋण रोग र शत्रुप्रति ध्यान राख्नुपर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्नेछ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुख–समृद्धि पनि बढ्नेछ । अल्छी नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितिमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

वृश्चिक – ऋण, रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । मिठो भोजन मिल्नेछ । आरोग्यता बढ्ला । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोद हुनेछ । आनन्द बढ्नेछ । प्रेमपात्रको साथ पाइनेछ ।

धनु – देखापरेको समस्याको समाधान मिल्नेछ । आम्दानी बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुने छैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिका समाधान प्राप्त हुनेछ । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्रमाथि हस्ताक्षर गर्दा सचेत रहनुपर्नेछ । आयस्रोत बढ्नाले आर्थिक समस्या समाधान हुनेछ ।

मकर – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्नेछ । यात्रामा सफलता मिल्ला । लेखनप्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ नयाँ काम बन्ला । मान महत्व वर्चस्व पर्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ । अन्नधन बढ्नेछ ।

कुम्भ – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्नेछ । दायित्वलाई पूरा गर्नु हुनेछ । यश वर्चश्व बढ्ला । भोजभतेरमा भाग लिनुहुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । उच्चाधिकारीको साथ मिल्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन – आरोग्यता बढ्नेछ । शुभ र भाग्यवर्द्धक काम बन्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजयपथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ । यात्रा होला । रसरागमा प्रवृत्ति बढ्नेछ । ख्याति फैलिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *