तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओको आवेदन संकलन केन्द्र थप

तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओको आवेदन संकलन केन्द्र थप गरेको छ।

साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको तेह्रथुम पावर कम्पनी लिमिटेडले आईपीओको आवेदन संकलन केन्द्र थप गरेको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

यस अघि माछापुच्छ्रे बैंकको हिले, धनकुटा शाखा कार्यालय, नेपाल बङ्गलादेश बैंकको सक्रान्ती, फेदाप, छथर, सिधुवा, साँगुरीगढी र राजारानी शाखा कार्यालय, ग्लोबल आइएमई बैंकको जिरि खिम्ती शाखा, म्याङलुङ, तेह्रथुम र जलविद्युत आयोजना स्थल मेन्छ्यायेमा गाउँपालिका, तेह्रथुमबाट आवेदन दिन सकिने व्यवस्था गरिएकोमा थप सप्तकोशी डेभलपमेन्ट बैंक, बसन्तपुर शाखा, तेह्रथुमबाट पनि आवेदन दिन सकिने भएको छ।

कम्पनीले साउन ५ गतेदेखि आयोजना प्रभावित तेह्रथुम जिल्लाका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।

शेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ६० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा साउन १९ ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *