भीम रावलले फिर्ता लिए राजीनामा

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार रावलले सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

पार्टी र नेता काऱ्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन् ।

 प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत दिने दिन रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । 

एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर त्यसबारे आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *