शुक्रबार २,९७७ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १३६९८ जनाको पीसीआर परीक्षण र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै कोरोना संक्रमणबाट १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना निको भएर घर फर्किएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *