अब चार अस्पतालबाट खोप प्रमाणीकरण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कार्डको प्रमाणीकरणका लागि थप तीन अस्पताल तोकेको छ । यस अघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै हुँदै आएकोमा सेवाग्राहीको अत्याधिक भीडभाड बढेपछि आजबाट पाटन अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र सिभिल अस्पतालबाट पनि खोप कार्ड प्रमाणीकरण गर्न थालिएको छ ।

मन्त्रालयले शुक्रवार सूचना जारी गर्दै काठमाण्डूका अन्य तीन अस्पताल निजामती अस्पताल, पाटन अस्पताल र सशस्त प्रहरी अस्पतालबाट प्रमाणीकरण लिन सकिने जनाएको छ।

काठमाण्डूको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट मात्रै प्रमाणीकरण गर्न सकिने व्यवस्था गरेका कारण चाप परेको थियो।

वैदेशिक रोजगारमा र अध्ययन भ्रमणमा विदेश जाने विद्यार्थीलाई खोप लगाइसकेपछि खोप कार्डको प्रमाणीकरण अनिवार्य लिनुपर्ने व्यवस्था सरकार र विभिन्न देशले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *