ओलम्पिक अपडेट : कल्पना परियारले बनाइन् कीर्तिमान

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट सहभागी कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

उनले १३ औं दक्षिण एसियाली खेलकुद (साग) २०१९ मा आफैले बनाएको ६१४.५ अंकको राष्ट्रिय कीर्तिमानलाई असाका सुटिङ रेन्जमा सुधार गरेकी हुन् । टोकियो ओलम्पिकमा कल्पनाले आफ्नै त्यो कीर्तिमान तोडे पनि अन्तिम चरणमा स्थान बनाउन भने सकिनन्। ५० राष्ट्र सम्मिलित शूटिङ्गमा उनी ४६ औं स्थानमा रहेकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *