आइतबार सुनको भाउ प्रतितोला ९२ हजार

आइतबार नेपाली बजारमा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाका अनुसार गत शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज एक सय रुपैयाँले घट्दै ९२ हजार रुपैयाँमा झरेको हो । 

महासंघकाका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै चाँदीको प्रतितोला १० रुपैयाँले घट्दै आज एक हजार २७० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *