काठमाडौं उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा

काठमाडौं उपत्यकामा थप दस दिन निषेधाज्ञा लम्ब्याइएको छ। आइतबार काठमाडौं जिल्ला प्रशासनका तर्फबाट जारी विज्ञप्तिमा निषेधाज्ञा साउन २० गतेसम्म लम्ब्याउने निर्णय गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन् ।

साउन १ गतेबाट जारी निषेधाज्ञा आइतबार सकिँदैछ। भोलिदेखि जारी हुने थप दस दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *