किसान लघुवित्तले एफपीओ जारी गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

किसान लघुवित्त वित्तिय संस्था  ले १२५ रुपैयाँ अंकित दरमा थप सार्वजनिक निष्काशन (एफपीओ) जारी गर्ने भएको छ । लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न असार २९ गते धितोपत्र बोर्डसँग अनुमति मागेको छ । एफपीओ जारी गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

हाल लघुवित्तको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई १२ लाख ८९ हजार २५९ कित्ता बिक्रीपछि ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड २६ लाख रुपैयाँ छ । 

एफपीओलाई केयर रेटिङ नेपालले “केयर एनपी बीबी” माइनस अर्थात डबल बी माइनस रेटिङ दिएको छ । यसले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ । साथै, यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको संकेत गर्दछ ।