कोरोनाले रोकिएका त्रिविका परीक्षा आजदेखि शुरु

कोरोना भाइरस संक्रमणका कारण दुई वर्षदेखि रोकिएका त्रिभुवन विश्वविद्यालयका परीक्षा आज देखि शुरु भएको छ ।

स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा आजदेखि शुरु भएको हो । आजबाट बीए, बीएड र बीएससीतर्फका चार वर्षे/तीन वर्षे परीक्षा शुरु भएको छ । भोलिबाट व्यवस्थापन संकायका परीक्षाहरु शुरु हुनेछन् ।

कोरोना महामारीका कारण त्रिविले अनलाइन प्रणालीबाट परीक्षा फारम भर्ने व्यवस्था मिलाएको थियो । प्रवेशपत्रमा फोटो नआएको, परीक्षार्थीले परीक्षा दिनुपर्ने विषय प्रवेश पत्रमा प्रिन्ट गर्दा कम विषयहरु प्रिन्ट भएको भए या केन्द्र परिवर्तन भएको नदेखिएकोमा ट्रिप्लीकेट हेरेर परीक्षा नियन्त्रण कार्यालय वा सम्बन्धित क्याम्पससँग समन्वय गरी परीक्षामा समावेश गर्न केन्द्राध्यक्षलाई आग्रह गरिएको छ ।

साथै फोटो नभएको प्रवेशपत्र भए परीक्षार्थीको नागरिकता वा अरु परिचय खुल्ने परिचयपत्र हेरेर नियमअनुसार परीक्षा सञ्चालन गर्न परीक्षा नियन्त्रण कार्यालयले निकालेको सूचनामा भनिएको छ ।

बिहान सात बजेबाट परीक्षा सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *