नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन खुला

नबिल बैंक लिमिटेडले वार्षिक ८ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ।

नबिल बैंक लिमिटेडले आजदेखि वार्षिक ८ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ।

 बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

ऋणपत्र खरिदका लागि छिटोमा साउन १३ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २४ गतेसम्म लम्बिनेछ। ऋणपत्र खरिदको लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकले जारी गर्ने ऋणपत्र मध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्रि गर्ने जनाएको छ । सर्वसाधारणलाई छुट्टाएको मध्ये ६० हजार कित्ता सामुहिक लगानीकोषको लागि छट्टाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *