नेपाल लाइफको ‘नौलो केटाकेटी जीवन बीमा योजना’ सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बाल बीमा योजना ल्याएको छ । कम्पनीले ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ सञ्चालनमा ल्याएको छ ।

यसअघि नेपाल लाइफले केटाकेटी जीवन बीमा प्लान योजना ५१ सञ्चालन गरेको थियो । नयाँ योजना सुरू गरेसँगै पूरानो योजना स्वतः रद्द हुने कम्पनीको भनाई छ । 

यस नौलो केटाकेटी जीवन बीमा योजनामा १ वर्षदेखि १७ वर्षसम्म उमेर समुहका बालबालिकाको ५ वर्षदेखि ३० वर्षसम्म समय अवधिको न्यूनतम रु. १,००,००० देखि आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले विज्ञप्तीमा जनाएको छ ।

बीमा जोखिम प्रारम्भ पछि बीमितको मृत्यु भएमा तत्काल बीमाङ्क रकमको २५ प्रतिशत रकम प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत बीमाङ्क र मृत्यु हुँदासम्मको आर्जित बोनस रकम व्याज सहित एकमुष्ठ बीमा अवधि समाप्ती भएपछि प्रस्तावकलाई भुक्तानी गरिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *