पछिल्लो २४ घण्टामा २,२३७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १३ हजार ८ सय ३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने २ हजार ५० जना निको भएका छन् ।  नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ७९९ पुगेको छ ।  हालसम्म ९ हजार ७ सय १३ जनाको कोरोनाबाट मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *