ब्राजिल र आइभरी कोस्टको खेल गोलरहित बराबरी

आइतबार टोकियो ओलम्पिक अन्तर्गत पुरूष फुटबलमा ब्राजिल र आइभरी कोस्टको यु-२३ टिमको खेल गोलरहित बराबरीमा सकिएको छ।

आइतबार भएको खेलको १४ मिनेटमा ब्राजिलका डोउग्लास लुइसले रातो कार्ड पाएका थिए। कोउएसीले खेलको ६५ मिनेटमा पहिलो पहेँलो कार्ड पाएका थिए र ७९ मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि आइभरी कोस्टमा पनि १० खेलाडीमा सीमित बन्यो।

यसअघि ब्राजिलले पहिलो खेलमा जर्मनीलाई ४-२ गोलले पराजित गरेको थियो। ब्राजिलले समूह ‘डी’ मा दुई खेलबाट चार अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *