स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ ।

उनी निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) का पूर्वअध्यक्ष, उनी उच्च माध्यमिक विद्यालय संघ नेपाल(हिसान)का संस्थापक अध्यक्ष र लिटिल एन्जल्स विद्यालयका सञ्चालक समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *