मंगलबारथपिए ३ हजार ८९९ जना कोरोना संक्रमित, २० जनाको मृत्यु

नेपालमा मंगलबार थप ३ हजार ८ सय ९९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । १२ हजार ६५५ पिसिआर परीक्षणका क्रममा २ हजार ७ सय २६ र ४ हजार ८ सय ६३ एन्टीजेन परीक्षणका क्रममा १ हजार १ सय ७३ जनामा कोभिड संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८५ हजार ५७३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८३६ जना रहेका मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *