बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

आइतबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपाली महिला फुटबल टिम बंगलादेशसँग गोलरहित बराबरीमै चित्त बुझाएको छ ।

नेपालले गोल गर्ने केही अवसर पाएकोमा फिनिसिङ गर्न नसक्दा गोल गर्न सकेन। दुवै हाफमा नेपालकी सरू लिम्बुको प्रहार बंगलादेशकी गोलकिपरले विफल पारेकी थिइन्।

खेलमा दुवै टिमका खेलाडीले गोल गर्ने थुप्रै अवसर गुमाए । गत सोमबार नेपाल आएको बंगलादेशसँग नेपालले बिहीबार खेलेको पहिलो खेल २÷१ ले जितेको थियो ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो।