मञ्जुश्री फाईनान्सका चार नयाँ शाखा सञ्चालनमा

मञ्जुश्री फाईनान्स लिमिटेडले एकै पटक ४ वटा शाखा बिस्तार गरेको छ । फाइनान्सले बाह्रौं, तेह्रौं, चौधौ र पन्ध्रौ शाखा रुपन्देही जिल्लाको मुर्गिया, योगिकुटि, मणिग्राम, र भैरहवा शाका एकै दिन बिस्तार गरेको हो ।

काठमाडौंको नयाँबानेश्वरमा मुख्य कार्यालय रहेको फाईनान्सले नारायणगढ, न्युरोड–काठमाडौं, पाल्पा रोड बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा र वीरगञ्ज गरी ११ वटा शाखाबाट सेवा दिँदै आएको थियो । अव थप ४ सहित शाखा संख्या १५ पुगेको छ ।

२०७८ साल अषाढ मसान्त सम्म रु. ९६ करोड ५३ लाख चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ८.९१ अर्व निक्षेप संकलन गरि रु ७.९५ अर्व कर्जा परिचालन गरेको छ ।