म्यानचेस्टर युनाइटेडको सानदार जित, रोनाल्डोले गरे दुई गोल

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित हात पारेको छ।

म्यानचेष्टर युनाइटेडले शनिबार न्युकासल युनाइटेडमाथि ४-१ को शानदार जित हात पारेको छ ।

१२ वर्षपछि म्यानचेस्टरमा फर्किएका  रोनाल्डोले जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे भने ब्रुनो फर्नान्डेज र लिङ्गार्डले एक एक गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा युनाइटेडबाट १२ वर्षपछि खेलेका क्रिस्टियानो रोनाल्डोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर ५६ औं मिनेटमा न्युक्यासलका जेभियर मानक्विइलोले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ६२ औं मिनेटमा लुक शा को पासमा गोल गर्दै रोनाल्डोले फेरि खेलमा युनाइटेडलाई अग्रता दिलाए। त्यस्तै ८० औं मिनेटमा ब्रुनो फर्नान्डेज र इन्ज्युरी समयमा जेसे लिंगार्डले गोल गर्दा युनाइटेडले ४-१ ले खेल आफ्नो पक्षमा पार्‍यो।

अंक तालिकामा म्यानचेस्टर युनाइटेड ४ खेलबाट १० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको म्यानचेस्टर सिटी, तेस्रो स्थानको ब्राइटन र चौथो स्थानको टोटेनहमको समान ९-९ अंक छ।