ईपीएल खेल्न काठमाडौं आइपुगे शाहिद अफ्रिदी

पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी  चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न नेपाल आइपुगेका छन् ।

शनिबारबाट कीर्तिपुरस्थित टीयू मैदानमा हुने ईपीएलका लागि पाकिस्तानका अलराउन्डर क्रिकेटर अफ्रिदी बिहीबार काठमाडौं आइपुगेका हुन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै अफ्रिदीले आफूले नेपालको क्रिकेट क्षेत्र माथि उठेकाे हेर्न चाहेको बताएका छन् । अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स इलावेनबाट खेल्दैछन् । शनिबारबाट शुरु हुने ईपीएल असोज २३ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।