प्रचण्डलाई घनश्याम भुसालको जवाफ : हाम्रोबारे चिन्ता गर्नुपर्दैन, आफ्नो पार्टी राम्रो बनाउनुस्

काठमाडौं, ७ असोज – नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरुको चिन्ता नलिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् ।

बिहीबारमात्रै प्रचण्डले पाँचखाल पुगेर केपीसँग आत्मसमर्पण गरेका साथीहरु देख्दा दया लागेको टिप्पणी गरेका थिए । माधव नेपाल छाडेर एमालेमा फर्किएका १० भाईतर्फ संकेत गर्दै प्रचण्डले केपीको पार्टीमा बस्ने वातावरण नभएकाले ढिलोचाँडो फर्किने टिप्पणी गरेका छन् ।

प्रचण्डका यी टिप्पणीमा असहमति जनाउँदै भुसालले आफूहरु र एमालेको चिन्ता नलिन सुझाएका हुन् ।

‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो,’ भुसालले भनेका छन्, ‘हाम्रो पार्टी हामीले नै बनाउछौं । तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं ।’