पछिल्लो २४ घण्टामा १,४७६ संक्रमित थपिए, १,५५० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा १४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६ सय ९० जनामा गरिएको परीक्षणमा १४ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा १५ सय ५० संक्रमित संक्रमणमुक्त भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ८१ जनाको मृत्यु भएको छ ।