सेफ एण्ड अफोर्डेबल हेल्मेट अभियान सञ्चालन

नेपालमा पहिलो पटक सेफ एण्ड अफोर्डेबल हेल्मेट अभियान सञ्चालनको घोषणा गरिएको छ ।

इन्टरनेसनल फेडेरेसन अफ अटोमोबाइल (एफआइए) को सहयोग र वर्ल्ड बैंकसँगको सहकार्यमा नेपाल अटोमोबाइल्स एसोसिएसन नासाले अभियान सञ्चालनको गरेको हो । अभियानले नेपालभरि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी तीन सय बढी युएन स्ट्याणडर हेल्मेट वितरण गर्ने भएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा वर्ड बैंकका उपाध्यक्ष हर्टविग स्केफरले सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने भन्दै सुरक्षित हेल्मेट प्रयोगको आवश्यकता औंल्याए ।

नेपालमा बढ्दो दुई पाङ्ग्रे सवारी दुर्घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न, सुरक्षित हेल्मेट प्रयोगको चेतना जनस्तरमा फैलाउन र हेल्मेटको राष्ट्रिय मापदण्डको कर्यानवयनमा जोड दिँदै चालक तथा पछाडि बस्ने यात्रुले समेत अनिवार्य रूपमा हेल्मेट प्रयोग गर्ने ऐनको व्यवस्थालाई कर्यानवयनमा लैजान पहल गर्ने अभियानको उद्देश्य रहेको नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।