इंग्लिस प्रिमियर लिग फुटबल : सिटीको जित, युनाइटेड स्तब्ध

इंग्लिस प्रिमियर लिग (इपिएल) मा म्यानचेस्टर सिटीले जित हात पार्दा म्यानचेस्टर युनाइटेड स्तब्ध भएको छ । 

शनिबार साझ भएको खेलमा सिटीले लण्डन क्लब चेल्सीलाई पराजित गर्दा युनाईटेड एस्टन भिल्लासङ पराजित भएको हो । 

इपिएलको बहु प्रतिक्षीत खेलमा सिटीले चेल्सीलाई १-० गोलअन्तरले पराजित गर्‍यो । सिटिको जितमा ग्राबियल जेसुसले निर्णायक गोल गरे । उनले खेलको ५३ मिनेटमा गोल गरेका थिए । 

चेल्सीले घरेलु मैदानमा केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन । चेल्सीले शीर्षस्थानमा पुग्ने अवसरसमेत गुमाएको छ । 

जितसँगै सिटी दोस्रो स्थानमा उक्लिएको छ । सिटीले ६ खेलबाट १३ अंक बनाएको छ । चेल्सीको समेत समान ६ खेलबाट १३ अंक रहेको छ । 

यता, युनाइटेड एस्टन भिल्लासमेत १-० गोलअन्तरले पराजित भयो । भिल्लाको जितमा कोर्टने हाउसले निर्णायक गोल गरे । उनले खेलको ८८ मिनेटमा डुग्लास लुइसको पास सदुपयोग गरे । 

थपिएको तीन मिनेटमा युनाइटेडले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा सिजनको हार ब्यहोर्न बाध्य भयो । युनाइटेडका ब्रुनो फर्नाण्डेजले पाएको पेनाल्टीलाई बाहिर प्रहार गरे ।

हारसँगै युनाइटेडले समेत शीर्ष स्थान पुग्ने अवसर गुमाएको छ । ६ खेलबाट १३ अंक बनाएको युनाइटेड चौथो स्थानमा छ । 

जितसँगै एस्टन भिल्ला भने ६ खेलबाट १० अंक बनाउँदै सातौं स्थानमा छ ।