पाटन नगर सभापतिमा मानबहादुर ऐर विजयी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर विजयी भएका छन् । ऐरले ९७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी जयसिंह विष्टले ६८ मत ल्याए । 

यस्तै उपसभापतिमा रमेश महरा १०३ र कृष्णबहादुर कुँवर ७६ मत ल्याएर विजयी भएका छन् । यसैगरी सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट निर्विरोध निर्वाचित भएका मतदान अधिकृत लक्ष्मणसिंह बोहराले बताए ।

सहसचिवमा कैलाश चन्द ११९ र कृष्णा पन्त ९० मत ल्याएर विजयी भएका छन् । नगरकार्यसमितिका अन्य सदस्यहरू भने सहमतिमै चयन भएका मतदान अधिकृत बोहराले बताए ।