प्याडमाथिको कर हटाउन प्रधानमन्त्रीलाई प्रकाशमानको आग्रह

नेपाली कांग्रेसका पुर्व महामन्त्री प्रकाशमान सिंहले स्यानिटरी प्याडमा लगाएको कर फिर्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस वडा नम्बर १७ को वडा कार्यसमितिद्वारा आयोजित एक कार्यक्रममा सिंहले स्यानिटरी प्याडमा कर लगाउने सरकारको योजनामाथि प्रश्न उठाउँदै भन्सार महसुल तथा मूल्य अभिवृद्धि कर हटाउनुपर्ने बताए ।

प्याडमा कर लगाउने निर्णयबारे सरकारले जवाफ दिनुपर्ने भएकाले यस्ता निर्णयमा विशेष ध्यान दिनुपर्ने उनको सुझाव थियो ।