१० वर्षदेखि साँघुरो कोठाबाट ट्राफिक सेवा

संखुवासभा र धनकुटाको सीमामा पर्ने बसन्तपुर बजारमा जिल्ला ट्राफिक कार्यालयले साँघुरो कोठाबाटै सेवा दिँदै आएको छ ।

जिल्ला ट्राफिक प्रहरीको कार्यालय तेह्रथुमले १० वर्षदेखि एउटै कोठाबाट सेवा दिँदै आएको हो ।

वर्षाैँदेखि एउटा कोठामा कार्यालय सञ्चालन गर्दा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बसन्तपुरका प्रमुख अमृतबहादुर कार्कीले बताए । पूर्वीपहाडको चर्चित पर्यटकीय गन्तव्य टिएमजे क्षेत्र रहेकाले पनि यहाँ सवारीसाधनको आवातजावत निकै हुन्छ ।

तर, ट्राफिक कार्यालय भाडाकाे एउटा काेठामा सीमित छ । बसन्तपुर चार जना ट्राफिक प्रहरी कार्यरत छन् । जिल्ला सदरमुकाममा भने दुई जनाले सेवा दिँदै आएका छन् ।