कांग्रेस महाधिवेशनः भक्तपुरका चारवटा नगरमा नगर सभापति चयन

भक्तपुरमा आइतबार नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नगर अधिवेशन सम्पन्न भएको छ । चारवटा स्थानीय तह भएको भक्तपुरमा सूर्यविनायक नगरपालिकाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक भइसकेको छ । 

यहाँका चारवटै स्थानीय तहमा निर्वाचन गरी नगर सभापति चुनिएका हुन् । आज भएको अधिवेशनमा चाँगुनारायण नगरपालिकामा नगर सभापतिमा शिवहरि केसी निर्वाचित भएका छन् भने मध्यपुर थिमि नगरपालिकामा हरिदास प्रजापति र भक्तपुर नगरपालिकामा राजेन्द्र तमखु विजयी भएका छन् । 

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य एवं अभिलेख शाखा प्रमुख सुशील बस्नेतले सूर्यविनायक नगरपालिकाको नतिजा आउन मात्र बाँकी रहेको बताए । 

उनले भक्तपुर नगरपालिकामा राजेन्द्र तमखुले आफ्ना प्रतिद्वन्द्वी राम कासुलालाई २१ मतले पराजित गरेका हुन् । तमखुले ७९ भोट ल्याउँदा उनका प्रतिद्वन्द्वी कासुलाले ६८ भोट ल्याएका थिए । उपसभापतिमा तमखुकै प्यानलका राजन जोशी र रोशन तुकबन्जार, सचिवमा रत्नसुन्दर खुजू र सुनिलराज दैवज्ञ, सहसचिवमा विष्णुप्रसाद गणेजू र आरती रञ्जित, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका थिए ।