कांग्रेस तुलसीपुर नगर सभापतिमा हमाल

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत तुलसीपुर उपमहानगरपालिकामा नयाँ नेतृत्व चयन भएको छ । तुलसीपुर नगर सभापतिमा यातायात व्यवसायी सुरेश हमाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा हमाल निर्वाचित हुँदै तुलसीपुर कांग्रेसको नेतृत्वमा पुगेका हुन् ।

सभापतिमा हमालले ३६८ मत प्राप्त गर्दा र प्रतिस्पर्धी अनिल कार्कीले २०८ मत प्राप्त गरेका छन् । सभापति पदमा १५ मत बदर भएको तुलसीपुर कांग्रेसले जनाएको छ ।

उपसभापतिमा हमाल खेमाका बिनिल केसीले ३५९ मत प्राप्त गरी विजयी भएका छन् । त्यस्तै, उपसभापतिमै कार्की खेमाका गौरव सुवेदी पनि २८५ मतका साथ विजयी भएका छन् । यस खेमाबाट जित्ने उनी पदाधिकारीमा एक्ला उम्मेदवार हुन् । 

सचिवमा विमल पौडेल ३२९ मत र सुशील वली २७५ मतका साथ विजयी भएका छन् । सहसचिवमा शेषमणि भण्डारी ३५१ र झनकबहादुर बस्नेत ३३० मतका साथ विजयी भएका छन् ।

तुलसीपुरमा कुल ५९३ मतदाता रहेकामा ५९१ मत खसेको थियो ।