दाह्री नकाट्न नाऊहरूलाई तालिवानको उर्दी

तालिवानले अफगानिस्तानका नाऊ (हजाम)हरूलाई दाह्री काट्न प्रतिबन्ध लगाएकाे छ । नियम नमान्नेलाई सजाय दिइने तालिवानकाे चेतावनी छ । यसअघि तालिवानले महिलामाथि विभिन्न प्रतिबन्ध लगाएकाे थियाे ।  

हेल्मन्ड प्रान्तका नाऊहरूले आफूहरूलाई तालिवानले अबदेखि ग्राहकका दाह्री नकाट्न निर्देशन दिएको बताए । 

तालिवानका नेताहरुले नाऊलाई अमेरिकी सिको नगर्न फोनबाट चेतावनी समेत दिएका छन् । यसअघि तालिवानले अपह्रणको आरोप लागेका चार जनालाई हत्या गरेर उनीहरुको शव सार्वजनिक स्थलमा झुन्डाएका थिए ।