सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजाररुपैयाँ कायम भएकोमा साेमबार तीन सय रुपैयाँले बढेर ८९ हजार तीन सय रुपैयाँ कायम भएको हो ।

साेमबार छापावाल सुन प्रति १० ग्राम ७६ हजार पाँच सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार एक सय ७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

 सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । साेमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार १५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदी प्रति १० ग्राम नौ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।