५० लाख धरौटीमा छुटे चुणामणि शर्मा

बिशेष अदालतले कर फछ्र्यौट आयोगका सदस्यसचिव  चुणामणि शर्मालाई ५० लाख धरौटमिा छाड्न आदेश दिएको छ । 

बिशेष अदालतका न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले शर्मालसँग ५० लाख धरौटी लिएर छाड्न आदेश दिएको हो । 
कर फछ्र्यौट आयोगले व्यवसायीहरुलाई जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गत ९ असारमा शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महतसहितका पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।