र्‍याफ्टिङ गर्ने क्रममा एक जनाको मृत्यु

सुनकोसी नदीमा र्‍याफ्टिङ गर्ने क्रममा एक जनाको मृत्यु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका- ९ डुम्रेस्थित सुनकोसी नदीमा खसेर दोलखा मेलुङ गाउँपालिका- ४ घर भएका २२ वर्षीय सजन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । 

हाल काठमाडौं ठूलो भर्‍याङस्थित स्वयम्भू खाद्यान्न डिपोमा काम गर्ने खड्काको खोजी गर्ने क्रममा शव फेला पारिएको प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

स्प्लस नेपाल एड्भेन्चर काठमाडौंबाट नदीमा र्‍याफ्टिङ गर्न  १० जना गएका थिए । १० जनामध्ये र्‍याफ्टिङ गर्ने क्रममा एक जना बेपत्ता भएका थिए । वेपत्ताको प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा दिउँसो ३ बजे शव फेला परेको हो ।